प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१४ जेठ
उज्यालो युवा समाज गल्छीको अध्यक्षमा हरि प्रसाद अधिकारी निर्वाीचत हुनुभएको छ । शनिवार समाजको गल्छि गाउँपालिका वडा नम्बर ८ खयरघारीमा सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । सर्वाङ्गिण विकासका लागि समुदायको आवाज भन्ने उदेश्यले स्थापना गरीएको संस्थाले विभिन्न सामाजिक कार्य सन्चालन गर्दै आईरहेको छ ।
हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा गल्छि गाउपालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा गल्छि गाउँपालिका उपाध्यक्ष भाइकाजि तिवारी,वडा अध्यक्षहरु,वडा सदस्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथीहरुले संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
शनिवार सम्पन्न भएको अधिवेशनले हरिप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष संझना अर्याल (लामिछाने)सचिवमा लक्ष्मी श्रेष्ठ,कोषाध्यक्षमा शंकर सुवेदी र सचिवमा सुनिता नेपाल निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा मान बहादुर रोक्का,मुकुन्द सुबेदी,सौगात श्रेष्ठ,हरि वाग्ले,अनिता लामा र प्रदिप क्षेत्री निर्वाचित हुनुभएको छ ।
निर्वाचित भएपछि अधिकारीले संस्थाले आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यहरु सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।संस्थालाई यहाँ सम्म ल्याउनको लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि सल्लाह,सुझाव र सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |