प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,९ जेठ
धादिङको नीलकण्ठ वडा नम्बर १३ का मनरुपी माध्यमिक विद्यालयमा मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नीलकण्ठ नगरपालिका वडा नम्बर १३ कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा मनरुपी माध्यमिक विद्यालयमा अध्ययनरत ८,९ र १० का विद्यार्थीहरुलाई मनोपरामर्श सेसन सन्चालन गरीएको हो ।विद्यार्थीहरुलाई किशोर किशोरीहरुमा देखिने मनोसामाजिक समस्या के हो?समस्याको लक्षण,न्युनीकरणको उपाय,तनाव र रिस व्यवस्थापनको विषयमा मनोपरामर्शकर्ता रामकुमार थापाले सहजिकरण गर्नुभएको थियो ।

यसैगरी मंगलबारनै कक्षा ८,९ र १० का बालबालिकाहरुका अभिभावकहरुलाई पनि बालबालिकाका समस्या पहिचान गर्ने तरिका,बालबालिकाहरुमा देखिने मनोसामाजिक समस्याहरु के के हुन् ? र असल अभिभावकत्व कसरी निभाउने लगायतको विषयमा थापाले सहजिकरण गर्नुभएको थियो । वडा नम्बर १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कार्यापालिका सदस्य राम्री नेपाली,शान्ता थापा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष,विद्यालयका शिक्षक शिक्षिकाहरुको आतिथ्यता रहेको थियो । मनरुपी विद्यालयमा यसअघि पनि विद्यालय मनोपरामर्श कार्यक्रम सन्चालन गरीएको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |