प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२४बैशाख
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मैदीमा ढाकाका सामाग्री,अचार र दुना टपरी उत्पादन सुरु भएको छ ।मैदीका महिलाहरु समुहमा आवद्ध भई सामुहिक उत्पादनमा लाग्नु भएको हो ।आर्थिक बर्ष २०८०/०८१ सालको गाउँपालिकाको उद्यम विकास तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत महिलालाई सिप र प्रविधि हस्तान्तरण गरीएको वडा अध्यक्ष राजु लोप्पाले जानकारी दिनुभयो ।
महिलाहरुलाई स्वरोजगारी बनाई आर्थिक उपार्जनमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम सुरु गरीएको वडा अध्यक्ष लोप्पाले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । यसअघि १० जना महिलाहरुलाई एक सय दिनको तालिम दिईएको थियो । एक सय दिनको तालिम लिएपछि अहिले १० जना महिलाहरुले ढाका बस्तुहरु उत्पादन गर्न थाल्नु भएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।
महिला शसक्तिकरण र गाउँमै स्वरोजगारी बनाउने उदेश्य अनुरुप गाउँपालिकाको योजना अनुसार तालिम र प्रविधि हस्तान्तरण गरीएको दनैले बताउनुभयो ।आफु अध्यक्षमा निर्वाचित भईसकेपछि गाउँपालिकाको समृद्धी कसरी गर्न सकिन्छ भन्ने सोचका अनुसार विभिन्न कार्यक्रमहरु सन्चालन गरीरहेको बताउनुभयो ।
अन्य वडाहरुमा पनि यस्तै प्रकारको मागमा आधारित तालिमहरु सन्चालन गरिने पनि अध्यक्ष दनैले नीलकण्ठ एफएमलाई बताउनुभयो ।
अहिले वडा नम्बर २ मा ४५ जना महिलाहरु मिलेर दुना टपरी बुन्नु भएको छ भने पाँच जना महिलाहरुले अचार उत्पादन गरीसक्नु भएको छ । गाउँमै उत्पादन भएको बस्तुहरु खरिद गरी महिलाहरुलाई हौसला दिनको लागि पनि गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले आग्रह गर्नुभएको छ।आगामी आर्थिक बर्षमा पनि अन्य वडाहरुमा पनि महिला तथा युवाहरुलाई रोजगारी सृजना खालको कार्यक्रमहरु लैजाने दनैले बताउनुभयो। गाउँपालिकाबाट बिनियोजित २० लाखको रुपँैयाबाट तालिम सहित प्रविधि हस्तान्तरण गरीएको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |