प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१७ बैशाख
किन्ताङफेदीमा निर्माण गरीएको बेलीबृज पुलको आईतबार उद्घाटन गरीएको छ । आईतबार एक कार्यक्रमका बीच संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्माले संयुक्र रुपमा उद्घाटन गर्नुभएको हो । नेत्रावती डबजोङ र खनियाँबास गाउँपालिका जोड्ने उक्त पुल निर्माण भएपछि उत्तरी धादिङका नागरिकहरुलाई बर्षाको समयमा पनि आवत जावत गर्न सहज हुनेछ ।
खनियाँबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको बिशेष पहल र सक्रितामा नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाको प्राविधिक सहयोग र खनियाबास,नेत्रावती डबजोङ,गंगाजमुना गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको हो । पुल नहुँदा बर्षाको समयमा सवारी आवतजावत बन्द हुँदा उत्तरी धादिङका नागरिकहरुले समस्या झेल्दे आएका थिए ।
खनियाबास गाउँ पालिका अध्यक्ष रणवहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको पुल उद्घाटन कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्वमन्त्री दिलमान पाख्रिन, संविधानसभा सदस्य पुष्प विक्रम मल्ल ,प्रदेश साम्सद डम्बर बहादुर तामाङ, गोबिन्द लम्साल,नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गंगाजमुना गाउँपालिकाका भक्त बहादुर लामा,नेत्रावती डब्जोङ गाउँपालिकाका मेघनाथ रिजाल,उपाध्यक्ष सीतामाया गुरुङ,रुविभ्यालीगाउँपालिका अध्यक्ष रामसिंह तामाङ,गंगाजमुना गाउँपालिकाका भक्त बहादुर लामा,नेत्रावती डब्जोङ गाउँपालिकाका मेघनाथ रिजाल,उपाध्यक्ष सीतामाया गुरुङ,बिभिन्न वडाका वडाध्यक्षहरु ल्गायतको सहभागिता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |