प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । ने.क.पा माओवादी निकट जनसांस्कृतिक महासंघ नेपाल जिल्ला समिति धादिङको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला संयोजकमा उमेश कुमार कंडेल चयन भएका छन् ।
मंगलबार धादिङवेशी स्थित पार्टी कार्यलयमा भएको सम्मेलनले कडेलको संयोजकत्वमा १३ सदस्यिय कार्य समिति चयन गरेको हो । गठित समितिका सदस्यहरुमा कुसुम तामाङ, शरण अधिकारी, कृष्ण बहादुर सुनार, खड्क चेपाङ, रविन उपाध्यय, सोम बहादुर तामाङ, सपना कुँवर, संगित तामाङ, निरा श्रेष्ठ, टिकाराम चेपाङ, रञ्जिता परियार र दर्शन नेपाल रहेका छन् ।
त्यसै गरि सम्मेलनले जनसांस्कृतिक महासंघ बागमती प्रदेश समिति सम्मेलनमा प्रतिनिधीको रुपमा गजुरी गाउँपालिकाका भरत बरकोटी, बेनिघाट रोराङ गाउँपालिकाका उमेश कंडेल, नीलकण्ठ नगरपालिकाका कुशुम तामाङ, ज्वालामुखी गाउँपालिकाका शिव अनुराग, धुनिवेशी नगरपालिका कुमार लामा र त्रिपुरा सुन्दरी गाउँपालिकाका सरोज सिंखडा पठाउने निर्णय गरेको छ ।
जनसांस्कृतिक महासंघका केन्द्रीय ईन्चार्ज ईश्वर चन्द्र ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ने.क.पा माओवादीका केन्द्रीय सदस्य रामबहादुर भण्डारी,माओवादी केन्द्र धादिङको जिल्ला संयोजक मनराज भण्डारी(शैलेश), जनसांस्कृतिक महासंघ बागमती प्रदेश ईन्चार्ज विमला के.सी, जनसांस्कृतिक महासंघ बागमती प्रदेशका अध्यक्ष विश्व दोङ लगायत आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |