प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
शितल सापकोट
धादिङ,२६ चैत
धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलाको निर्माणाधिन बेलिब्रिज पुलको काम अन्तिम चरणमा पुगेको छ । रुवीभ्याली गाउँपालिकालाइ जोड्ने“धादिङवेसी–सांकोष–तिप्लिङ सडक”अन्तरगतको किन्ताङ खोलाको निर्माणाधिन बेलिब्रिज पुलको काम अन्तिम चरणमा पुगेको हो।
नेपाली सेनाको प्राबिधिक सहयोग र नेपाल विद्युत प्राधिकरणको भौतिक सहयोग तथा खनियावास गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाको आर्थिक सहयोगमा ६० मिटर लम्बाइकोे बेलिब्रज निर्माण गरिएको हो ।

आईतबार उक्त निमार्णधिन बेलिब्रिजको अनुगमन गर्नुहुँदै संघिय सांसद रामनाथ अधिकारीले सबैको सहयोग र प्रयासबाट बेलिब्रिज सम्पन्न हुन गइरहेकोले आफुलाई खुसी लागेको बताउनुभएको छ । अब नेत्रावती डबजोङ, गंगाजमुना, खनियावास र रुवीभ्याली गाउँपालिका नागरीकहरुलाई बाह्रै महिना आवत, जावत गर्न सहज हुने उहाँको भनाइ छ ।पुल बनेपछि नेत्रावती डबजोङ गाउँपालिकाका नागरीकहरु पनि लाभान्वित हुने भएकोले उक्त बेलिब्रिज निमार्ण कार्यको लागि गाउँपालिकाले २५ लाख रुपैया आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले रिजालले बताउनुभयो ।पुल नहुँदा उत्तरी क्षेत्रका नागरीहरु यातायात सुविधाबाट वन्चित रहेका थिए ।अब नागरीकहरको जनजीजन सहज हुनुका साथै उत्पादित वस्तुलाई बजारीकरण गर्न पनि सहज हुने खनियावास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले बताउनुभयो ।

पुल नबन्दा विषेशत बर्खाको समयमा यातायातको समस्याले कठिन भएको भन्दै अब पुल सम्पन्न भएपछि मुक्तिको दिन सुरु हुने खनियावास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले बताउनुभयो।अबको एक दुई दिनमा बेलिब्रिज निमार्ण कार्य सम्पन्न गरी हस्तान्तरण गरिने नेपाली सेना १४ बाहिनी अन्तरगत ब्रिज युनिटका सेनानी चिरन्जीवी चौलागाईले बताउनुभयो ।मेटालिक बेलिब्रिज भएकोले करिब एक वर्षमा सर्भिसिङ गर्नुपर्ने चौलागाइको भनाइ छ ।उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्ग हो ।यो पुलले उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ ।पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकोमा खोलामा बेलिब्रिज बनेपछि उत्तरी क्षेत्रका स्थानीय खुसी भएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |