धादिङ,२४ चैत्र ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको अध्यक्षमा रेशम भण्डारी निर्वाचित हुनुुभएको छ । शनिबार धादिङबेशीमा सम्पन्न संगठनको दोश्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
संगठनको उपाध्यक्षमा नारायण तिमल्सीना, गणेशबहादुर थापा, सचिवमा शालिकराम दुवाडी, उपसचिवमा कालु गुरुङ, जित बहादुर सिंखडा र कोषाध्यक्षमा सुुब्बा श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुुभएको छ ।
यसैगरि सदस्यहरुमा बसन्तराज घले, रमेश कँडेल, ठाकुर धमला, रामबहादुर गुरुङ, सुन बहादुर गुरुङ, डम्बर बहादुर थापा, रामकृष्ण अधिकारी, पदम बहादुर घले, तार्केल गुरुङ, सुनबहादुर तामाङ निर्वाचित हुनुुभएको केन्दीय सचिव सुुधिर थापाले जानकारी दिनुुभयो ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बिनोद पाण्डेको प्रमुुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा नेकपा एमाले धादिङका अध्यष भूमि त्रिपाठी, सचिव राधिका सापकोटा, संगठनका केन्द्रीय सचिव सुधिर थापा लगायतले शुुभकामना व्यक्त गर्नुभएको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |