निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ, १७ चैत्र ।
बेनीघाट रोराङ गाउँपालिकाका प्रारम्भिक बाल विकास (इसिडि) शिक्षकहरुका लागि संचालित आवासीय मन्टेश्वरी तालिम सम्पन्न भएको छ । गाउँपालिककाको आयोजनामा चैत्र १३ गतदेखि त्रिशुली रिभर बिच क्याम्प खटौतीमा संचालन भएको ५ दिने तालिम आज सम्म्पन्न भएको हो ।

तालिममा प्रारम्भिक बालविकास सम्बन्धी अवधारणा, महत्व, पाठ्यक्रम, कक्षा कोठा व्यवस्थापन, सामाग्री निमार्ण, शैक्षिक सामग्रीहरुको व्यवस्थापन, कार्यतालिका लगायतका विषयमा तालिम प्रदान गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खोलकुद शाखाका श्रोत व्यक्ति रामेश्वर पोखरेलले जानकारी दिनुभयो ।
तालिममा गाउँपालिका भित्रका ७३ वटा विद्यालय मध्ये ३० वटा विद्यालयका बाल विकास शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमको बाल विकास प्रशिक्षक मनिसा थापा, रुविना पुन, दामोदर अर्यालयले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे, शिक्षा युवा तथा खोलकुद शाखाका श्रोत व्यक्ति रामेश्वर पोखरेल लगायत बाल विकास शिक्षकहरुको उपस्थिति रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |