धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ, १७ चैत्र ।
बेनीघाट रोराङ गाउँपालिकाका प्रारम्भिक बाल विकास (इसिडि) शिक्षकहरुका लागि संचालित आवासीय मन्टेश्वरी तालिम सम्पन्न भएको छ । गाउँपालिककाको आयोजनामा चैत्र १३ गतदेखि त्रिशुली रिभर बिच क्याम्प खटौतीमा संचालन भएको ५ दिने तालिम आज सम्म्पन्न भएको हो ।
तालिममा प्रारम्भिक बालविकास सम्बन्धी अवधारणा, महत्व, पाठ्यक्रम, कक्षा कोठा व्यवस्थापन, सामाग्री निमार्ण, शैक्षिक सामग्रीहरुको व्यवस्थापन, कार्यतालिका लगायतका विषयमा तालिम प्रदान गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खोलकुद शाखाका श्रोत व्यक्ति रामेश्वर पोखरेलले जानकारी दिनुभयो ।
तालिममा गाउँपालिका भित्रका ७३ वटा विद्यालय मध्ये ३० वटा विद्यालयका बाल विकास शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमको बाल विकास प्रशिक्षक मनिसा थापा, रुविना पुन, दामोदर अर्यालयले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे, शिक्षा युवा तथा खोलकुद शाखाका श्रोत व्यक्ति रामेश्वर पोखरेल लगायत बाल विकास शिक्षकहरुको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |