नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङबेशी । विद्यालयमा दिगो विकास लक्ष्य प्राप्तिका लागि भए गरेका क्रियाकलापहरुको लेखाजोखा तथा स्थानिय तहमा शिक्षाको राष्ट्रिय कार्यढाँचाको अभिमुखीकरण कार्यक्रम ज्वालामुखी गाउँपालिकामा सम्पन्न भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा तथा ज्वालामुखी गाउँपालिको संयोजनमा २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकारको दिगो विकासको लक्ष्य १७ वटा मध्ये शिक्षा सम्बन्धि लक्ष्य नं ४ मा उल्ल्ेख भएका सुचकहरुमा ज्वालामुखी गाउँपालिकामा के कस्तो प्रगति भएको छ ? जिल्ला र राष्ट्रिय स्तरको अवस्थाको विषयमा छलफल तथा समिक्षा गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडाले जानकारी दिनुभयो ।
ज्वालामुखी गाउँपालिको शिक्षालाई गुणस्तर गर्नको लागि गर्नुपर्ने कामहरु, गाउँपालिकाको योजना बनाउँदा दिगो विकास लक्ष्यलाई आधारित बनाएर पुरा गर्नु पर्ने कामहरुको समिक्षा गरिएको उहाँको भनाइ छ । गाउँपालिकाको शिक्षा, पुर्वाधार लगायत सम्पुर्ण योजनाहरु दिगो विकासको लक्ष्य सँग सम्बन्धित रहेर गरिने गाउँपालिकाले प्रतिवद्धता जनाएको छ ।
मन्त्रालय अन्तर्गत युनेस्को शाखाका सचिवालयका सदस्य सचिव हरि खनालको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, प्रधानाध्यापक, महिला शिक्षक, बालविकास शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |