प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१४ चैत
बुधबार देखि हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ) को सम्पुर्ण तयारी पुरा भएको छ । धादिङमा यस वर्षको एसइइ परिक्षामा ४ हजार ९ सय ११ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार १ सय ५९ वटा विद्यालयको ४ हजार ९सय ११ जना विद्यार्थीहरु परिक्षामा सहभागि हुनेछन् ।
जसमध्ये २ सय ७ जना प्राविधिक विद्यार्थी, ११ जना ग्रेड बृद्धि तर्फका विद्यार्थीहरु रहेका छन् । गत वर्ष एसइइमा ५ हजार ४सय विद्यार्थी सहभागि भएका थिए । परिक्षा अवधिभर मर्यादित ढंगबाट परिक्षा संचालन गर्नको लागि जिल्लाका २४ वटा माध्यामिक विद्यालयलाई परिक्षा केन्द्र तोकिएको श्रेष्ठले बताउनुभयो । विगतमा २६ वटा परिक्षा केन्द्र तोकिएकोमा यस वर्ष करिब ४ सय विद्यार्थीको संख्या घटेकोले २४ वटा मात्र परिक्षा केन्द्र तयार गरिएको उहाँको भनाइ छ ।जिल्लामा ५२६ वटा सामुदायिक र ४८ वटा संस्थागत विद्यालय संचालनमा रहेका छन्।
फोटोः रामकोट माविको फेसबुकबाट
विद्यालयले विदाई गरेपछि प्रधानाध्यापकको साथमा खिचिएको सामुहिक तस्विर

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |