नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, ०९ चैत्र ।
धादिङका २० हजार २४ जना बालबालिकाले दादुरा–रुबेला बिरुद्धको खोप लगाएका छन् । फागुन १३ देखि चैत ७ गते सम्म संचालन गरिएको खोप अभियानमा धादिङका २० हजार २४ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जिल्लाको धुनीबेशी नगरपालिकाका १७ सय ४८, थाक्रेका १९ सय ३८, गल्छीका १३ सय २१, गजुरीका १८ सय ७१, बेनीघाट रोराङका २८ सय १२, त्रिपुरासुन्दरीका १२ सय ४४, गंगाजमुनाका ९ सय ४२, रुवी भ्यालीका ६ सय १ र खानियावासका ७ सय ५७ जना बालबालिकालाई खोप लगाइएको छ।
त्यसैगरी नीलकण्ठ नगरपालिकाका ४ हजार ४७, नेत्रावती डबजोङका ४ सय ४७, ज्वालामुखीका ११ सय ८४, सिद्धलेकका ११ सय ४२ जना ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यलय धादिङको तथ्याङकमा उल्लेख छ ।
२२ हजार ३९ जना ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ संचालन गरिएको अभियानमा २२१ स्वास्थ्यकर्मी र ४४२ जना स्वयमसेवकहरु २२१ खोप केन्द्रमा परिचालन गरिएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |