नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङबेशी । सिद्धलेक गाउँपालिकाको आयोजना तथा एस जोडी क्रियसन प्रा.ली.को संयोजनमा सिद्धलेक गाउँपालिकाको बिभिन्न बिद्यालयमा जनचेतना मुलक नाटक प्रदर्शनी गरिएको छ ।
राष्ट्रिय स्तरका कलाकारहरु सितादेवि तिमल्सेना, सुदिपबाबु खतिवडा, श्याम बुढाथोकी, दिपेश घिमिरे, माधव भुर्तेल र कल्पना खतिवडा लगाएतका कलाकारहरुले लागुपदार्थ दुर्व्यसनी बिरुद्ध सचेतना मुलक नाटक प्रदर्शन गरेका थिए ।
आज सिद्धलेक गाउँपालिका वडा न ५ मा रहेको बागबच्छला मावि, वडा न ७ मा रहेको महाकाली मावि र जालापादेवी आविमा सचेतना मुलक नाटक प्रदर्शनी गरिएको कलाकार सुदिपबाबु खतिवडाले बताउनु भयो ।
उहाँका अनुसार शुक्रबार नलाङ पात्ले मावि र अमर आदर्श माविमा उक्त सचेतना मुलक नाटक प्रदर्शनी हुनेछ । नाटकको लेखन तथा निर्देशन सितादेवि तिमल्सेना र सुदिपबाबु खतिवडाले गर्नु भएको छ ।
बिद्यालयमा यस किसिमको नाटक प्रदर्शनीले बिद्यार्थी बालबालिकाहरुलाई लागुपदार्थ दुर्व्यसनी बाट जोगाउन मद्धत पुग्ने र उक्त नाटकले बिद्यार्थीहरुमा लागुपदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना अभिवृद्धि भएको बिद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुले बताएका छन् । लागुपदार्थ दुर्व्यसनी रोकथाम तथा नियन्त्रणका लागी प्रदर्शनी गरिएको नाटक उत्कृष्ट रहेको शिक्षकहरुको भनाई छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |