धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
मझिमटार । बेनिघाट रोराङ गाउंपालिका वडा न ९ मझिमटारमा रहेको शंखादेवी माविको आवासिय भवनको शिलन्यास गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिवेक) ले उक्त आवासिय भवनको शिलन्यास गर्नु भएको हो ।
बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोगमा १ करोेडको लागतमा ४ कोठे पक्कि आवासिय भवन बन्न लागेको हो । आवासिय भवन बागमति प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको बिशेष पहलमा बन्न लागेको हो । शिलन्यास समारोहमा बिद्यालय ब्यवस्थापन समिति,अभिभावक संघ,शिक्षक तथा बिद्याथीहरुको उपस्थिति रहेको थियो ।
हाल १६० जना बिद्यार्थीले बिद्यालयमा नै बसी अध्ययन गरिरहेका छन् । उक्त बिद्यालयमा बेनिघाट रोराङ गाउँपालिकाका कोस्राङ, ऐवाङ, तोथर, माङराङ र गण्डकी गाउँपालिकाका हिग्लुङ, थुम्का, हुईलिङवेशी, दर्शनडाडाँका ५५० जना बिद्यार्थी अध्ययनरत छन् ।
कक्षा ६ देखि १२ सम्म निशुल्क अध्यापन गराईने उक्त बिद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्याममा अध्यापन गराईन्छ । उक्त बिद्यालयमा हाल ४६ प्रतिशत चेपाङ समुदायका बालबालिकाका अध्ययनरत रहेको र आवासिय भवन बनेपछि करिव ४ घण्टा टाढा देखि आउने बिद्यार्थीहरुलाई अध्ययनमा धेरै सहज हुने बिद्यालयका सहायक प्रधानाध्यापक तिलक चेपाङले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |