नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ, ०२ माघ ।
माघे संक्रान्ति सांस्कृतिक तथा कृषि महोत्सवको अवसरमा धुवाकोटमा ५१ जनाले रक्तदान गरेका छन् । नीलकण्ठ नगरपालिका वडा नं १४, धुवाकोटमा सम्पन्न रक्तदान कार्यक्रममा ४२ जना पुरुष र ९ जना महिला गरी ५१ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी धुवाकोट उप–शाखा को आयोजनामा भएको रक्तदान कार्यक्रममा प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था लि, धुवाकोटमा स्वास्थ्य चौकी–२, नीलकण्ठ नगरपालिका वडा नं १४ कार्यलय, संस्कृति संरक्षण एंव पर्यटन प्रवर्धन समिति, विद्यार्थी उपकार संघ, भंगेरी युवा क्लब, कुपा युवा समाज, जनआवाज युवा क्लब को सह– आयोजक रहेको थियो भने लायन्स क्लब अफ काठमाडौ बल्ड सर्कलको सहकार्य रहेको थियो ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएकोे रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि सहयोग रहेको थियो ।
धुँवाकोटमा पहिलो पटक हुन भएको रक्तदान कार्यक्रममा नयाँ पुस्ताका युवाहरुको पनि रक्तदानमा सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी धुवाकोट उप–शाखा सभापति सुमन अधिकारीले बताउनुभयो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |