धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,१४ पौष ।
डिभिजन वन कार्यालय धादिङले पालिकासँग अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेको छ । धादिङका वन वातावरणका सवाललाई पालिका स्तरमा पुर्याउने उद्देश्यले कार्यक्रमको सुरुवात गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।
उक्त कार्यक्रम अन्तगरत गंगाजुमना गाउँपालिकाका कार्यपालिका सदस्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा वन वातावरणसँग सम्बन्धित बिषयमा डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय सासन संचालन ऐन २०७४, वन ऐन २०७६ र वन नियमवाली २०७९ कोे पालिकाले गर्नु पर्ने समन्वयको बारेमा नियम कानुनको बिषयमा छलफल भएको थियो ।
गाउँपालिकाले आगामी दिनमा वन वातावरणको क्षेत्रमा रकम विनियोजन गर्ने र काम गर्ने निर्णय एंव प्रतिवद्धता व्यक्त गरेको छ ।
गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिंखडा, प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठ लगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
वन कार्यालय धादिङले मंसिर ७ गते धादिङका १३ वटै पालिकालाई पत्राचार गरेर वन वातावरण सँग सम्बन्धित २३ वटा बुदालाई स्थानिय एजेन्डाको रुपमा आ–आफ्नो तर्फबाट प्रभावकारी रुपमा लागु गर्न आग्रह गरेको थियो । कार्यालयले उक्त कार्यक्रममा जिल्लाको १३ वटै पालिकामा संचालने गर्ने निर्णय गरेको छ ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |