प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ, ०३ पौष ।
ज्वालामुखी गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । ज्वालामुखी–६ हुलाकभन्ज्याङ स्थित चित्रेकालिका खेल मैदानमा मंसिर ३० गतेदेखि संचालन भएको रनिङ शिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
१२ वटा माध्यामिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा ९ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित शमिभन्ज्याङ माध्यामिक विद्यालय प्रथम भएको छ । त्यसैगरी ६ स्वर्ण, ४ रजत र ८ वटा कास्य पदक सहित सुनखानी माध्यामिक विद्यालय द्धितिय र ६ स्वर्ण ,४ रजत र ३ कास्य पदक सहित त्रिपुरासुन्दरी माध्यामिक विद्यालय तृतीय भएको छ ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा कानुन, न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यता तथा प्रतिनिधि सभा सदस्य गुरु प्रसाद बुर्लाकोटिको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष धर्म बहादुर अर्याल, प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, शिक्षा अधिकृत देवकी सिंखडा, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ, कार्यपालिका सदस्य, राजनितिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि कानुन, न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले विगतमा आफुले दुख पाएकोले आज त्यही दुख पाएका नागरीकहरुका लागि राजनिति गरेको बताउनुभयो । राजनितिमा धेरै विकृति भएकोले अझै पनि आफुले भनेको जस्तो देश बनाउन नसकेको उहाँले बताउनुभयो । राजनितिमा भएका बिकृति र बिसङ्गतीलाई सफा गर्ने क्रम पनि जारी रहेको मन्त्री गुरुङको भनाइ छ ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको छ । आगामी दिनमा पालिकाको समग्र शैक्षिक तथा खेलकुद र खेलाडीको हक हितका निमित्त आफु लागिरहन बताउनु भएको छ ।













निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |