धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,०५ मंसिर ।
गंगाजमुना गाउँपालिकाले मंसिर ६ र ७ गते सार्वजनिक बिदा दिएको छ । गङ्गाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा लाग्ने हरिबोधिनी एकादशी व्रत मेला, २०८० को अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको उपाध्यक्ष तथा मेला आयोजक समितिका संयोजक रामेश्वर सिंखडाले जानकारी दिनुभयो ।
मंगलबार गाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका र सो अन्तर्गत रहेका शिक्षण संस्था र आकस्मिक सेवा (स्वास्थ्य संस्था) बाहेक सम्पूर्ण वडा कार्यालयहरूलाई गाउँपालिका स्तरीय सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
गंगाजमुना गाउँपालिकाको नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा आदिम कालदेखि मेला लाग्दै आएको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा हजारौ भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोलीपल्ट नुहाएर फर्कने गर्दछन् ।
मेला कै अवसरमा ६ गते हुने बृहत सांकृतिक कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले उद्घघाटन गर्ने कार्यक्रम तय भएको जनाईएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |