धादिङ,२५ कार्तिक ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित खुल्लामञ्चमा प्याराफिट निर्माण हुने भएको छ । जापान भ्रमणमा रहनुभएका नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र धादिङ समाजका अध्यक्ष श्यामहरी तिम्सिनाबिच प्याराफिट निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो। मेयर ढुंगाना र समाजका अध्यक्ष तिम्सिना बिच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
नगरपालिका र धादिङ समाज जापानको संयुक्त लगानिमा निर्मित भनि प्रस्ट लेखिनुपर्ने, धादिङ समाज जापान र नगरपालिकाको सहमतिमा धादिङ समाज जापानद्वारा १० लाख सम्म उपलब्ध गराउने र परियोजना सुरु भए पश्चात ५० प्रतिशत रकम र सम्पन्न भएपछि बाँकि ५० प्रतिसत रकम उपलब्ध गराउने र धादिङ समाज जापान र नगरपालिका बिच सहमति पत्रमा हस्ताक्ष गर्नुपर्ने लगायत बुँदामा हस्ताक्षर भएको हो । यसअघि मेयर ढुंगानाले जापानको युहुहारा सिटीसँग पनि कामदार आदान प्रदान गर्ने विषयमा सम्झौता गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |