धादिङ, २५ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ गल्छी गाउँपालिकाकाको सभापतिमा कुमार रिमाल निर्वाचित हुनुभएको छ । गल्छी गाउँपालिका वडा नम्बर ६ छाँगेश्वर महादेवको मन्दिर प्राङ्गणमा सम्पन्न भएको भेलाले कुमार रिमालको सभापतित्वमा नयाँ कार्य समिति गठन गरीएको हो । नवगठित समितिको उप–सभापतिमा रमेश अधिकारी,सचिवमा गिता नेपाल,कोषाध्यक्षमा सुजन घिमिरे निर्वाचित हुनुभएको हो ।
यसैगरी सदस्यहरुमा रामकृष्ण खतिवडा,लुमडी प्रसाद खतिवडा,राते बहादुर तामाङ,चित्र कुमारी श्रेष्ठ,नारायण प्रसाद आचार्य र वासु खतिवडा निर्वाचित हुनुभएको धादिङका र्याट( र्यापिड एक्सन टिम) का सदस्य दिवाकर लम्सालले जानकारी दिनुभयो ।यसैगरी भेलाले षडङ्ग प्रसाद ओझालाई र्यापिड एक्सन टिमको सदस्यमा निर्वाचित गरेको छ ।भेलाले रामशरण भण्डारीलाई संगठन विभाग प्रमुख र शुरेन्द्र कुमार नगरकोटीलाई सल्लाहकारमा निर्वाचित गरेको छ ।
श्रवण त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको भेलामा पार्टी सभापति रवि लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । रास्वपा नेपालका उप सभापति डोल प्रसाद अर्याल(डिपी) अर्यालको विशेष आतिथ्यता रहेको कार्यक्रममा रास्वपाका स्थानीय तथा जिल्लाका नेतृत्वकर्ताहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |