निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित
धादिङबेशी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रिय सचिव तथा बागमती प्रदेशको उपाध्यक्षमा धादिङका बिमल तामाङ चयन भएका छन् । असोज १९ गते बसेको संगठनको केन्द्रिय कार्यालयको एघारौ बैठकले तामाङलाई उक्त जिम्मेवारी दिएको हो ।

रुवीभ्याली गाउँपालिका वडा न ५ लापा ठुलोगाउँ निवासी बिमल तामाङ कक्षा ६ देखिनै संगठनमा आवद्ध भएका थिए । २०६६ सालमा तामाङ खर्क मावि गुम्दी बाट एस एल सी दिएका तामाङले अमरज्योती उच्च मावि गोरखामा साईन्स पढेका थिए ।
पछि नीलकण्ठ ईकाई कमिटिको सदस्य बाट संगठनमा थप क्रियाशिल भएका तामाङले जिल्ला उपाध्यक्ष, जिल्ला संयोजक हुदै केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भैसकेका छन् ।
केन्द्रिय सचिवालय सदस्य तथा बागमती प्रदेशको उपाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिरहेका तामाङलाई हाल केन्द्रिय सचिव तथा बागमती प्रदेशका उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रिय कार्यालयको बैठक नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा जवस ईन्चार्ज पम्फा भुषालको प्रमुख आतिथ्यतामा पार्टीका केन्द्रिय सदस्य तथा संगठनका फ्याक्सन ईन्चार्ज हिमाल शर्माको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |