धादिङ,१९ असोज ।
धादिङमा आज ९ जना डेंगुका संक्रमित थपिएका छन् । बिहीबार नीलकण्ठ नगरपालिकाका ४ जना र बेनीघाट रोराङ गाउँपालिकाका ५ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज ९ जना थपिएसँगै जिल्लामा डेंगु संक्रमित हुनेको संख्या ३२ सय ३९ पुगेको छ । जसमा १६ सय ७६ जना महिला र १५ सय ६३ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै २६ सय ३३ जना संक्रमित रहेका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा १४८ जना, सिद्धलेकका १२७ जना, बेनीघाट रोराङका ९८ जना, त्रिपुरासुन्दरीका ७३ जना, संक्रमित रहेका छन् ।
त्यसैगरी गजुरीमा ३४, गंगाजमुनामा २९ जना, खनियावासमा २०, रुवीभ्यालीमा १९ जना, नेत्रावती डबजोङमा १७ जना, गल्छीमा १४ जना, धुनीबेशीमा १३ जना र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेको स्वाथ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |