निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउपालिका वडा न १० स्थित जयपुरी सामुदायिक स्वास्थ्य ईकाइ जयपुरीमा घुम्ती आँखा जाँच शिविर सम्पन्न भएको छ ।
आज सम्पन्न आँखा शिविरमा ७० जनाले आखा जाँच गराएका थिए । शिविरमा आँखा जाँच गराएका मध्ये १४ जनाको मोतियाबिन्दु भएको भेटिएको छ ।
घुम्ती आँखा जांच शिविर ११ गते बिहिबार वडा न ४ स्थित इराङ सामुदायिक स्वास्थ्य ईकाईमा, १२ गते वडा न ३ को कार्यालय रिचोकटार मलेखुमा,१३ गते वडा न १ को जरुङ आधारभुत बिद्यालय जरुङमा, १४ गते वडा न ७ स्थित चरौदी आधारभुत स्वास्थ्य केन्द्र,चरौदी तथा वडा न ९ स्थित जोगिमारा स्वास्थ्य चौकीमा र १६ गते वडा न २ महादेवस्थान स्थास्थ्य चौकी ताल्तीमा हुने भएको छ ।
सवै स्थानमा भएको आँखा जाँच पश्चात मोतियाबिन्दु भएकाहरुलाई १७ र १८ गते बेनिघाट रोराङ गाउँपालिका स्थित भद्रकाली आँखा अस्पतालमा निशुल्क मोतिया विन्दुको अप्रेसन गरिने बेनिघाट रोराङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख व्रजेश तामाङले बताउनु भयो ।
आँखा जाँच शिविर बेनिघाट रोराङ गाउपालिका,नेपाल नेत्रहीन संघ,पुनस्र्थापना कार्यक्रम गोरखा र भरतपुर आँखा अस्पतालको सयुक्त आयोजनामा सचालन भएको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |