Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ६, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुनेनागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री डा महत

२५२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २७, बुधबार (२ साल अघि)
अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा उहाँले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताउनुभएको हो ।

“हजारौँ आयोजनाको ठेक्का लागिसकेको छ । तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ । अहिले सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको चुनौती हो”, अर्थमन्त्री महतले भन्नुभयो, “सरकारी राजस्व कम छ । अनुदान र ऋण पनि लक्ष्यअनुसार सङ्कलन हुनसकेको छैन । धेरै ठाउँमा योजना दिनुपर्ने दबाब छ । तर हामीसँग स्रोत कम छ ।”

अर्थतन्त्रको दायरा फराकिलो बनाउन लगानी बढाउने विषय सरकारको प्राथमिकतामा रहेको पनि अर्थमन्त्री महतको भनाइ छ । “लगानीलाई सहज बनाउनुको विकल्प छैन । जति लगानी बढ्छ, त्यति राजस्व बढ्छ । नियम कानुन पालना गरेर सहज रुपमा उद्यम गर्नसक्ने वातावरण तयार पार्न सरकार कटिबद्ध छ”, उहाँले भन्नुभयो ।

अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय सुरु गर्नुपर्ने बेला आएको पनि अर्थमन्त्री डा महतले बताउनुभयो । अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रत रहेको पनि उहाँको भनाइ छ । मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर घटाउनेलगायत केही काम गर्न सकिने तथा विभिन्न क्षेत्रमा नीतिगत सुधार पोलिसी इन्टरभेन्सन आवश्यक पनि महतले उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेटबारे निजी क्षेत्रका तर्फबाट सरकारलाई सुझाव प्रस्तुत गर्नुहुँदै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताउनभुयो । त्यस्तै निजी क्षेत्रको सहकार्यमा आर्थिक सुधारका कार्यक्रम सुरु गर्न सरकारले कत्ति पनि ढिलाइ गर्न नहुने पनि उहाँले बताउनुभयो ।

“भारत, चीन, रुवान्डा, बङ्गलादेशजस्ता मुलुकमा गरिबी तीव्र रुपमा घट्नुको कारण भनेको निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउनु हो”, ढकालले भन्नुभयो, “अब आउने नीतिले त्यो आँट गर्नुपर्छ । हामी यत्तिकै बस्यौँ भने अर्थतन्त्रमा सुधार हुँदैन ।”

अर्थतन्त्र सुधारको प्रयास मौद्रिक नीतिको चाँैथो त्रैमासिक समीक्षा, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमार्फत् गरिनुपर्ने सुझाव ढकालको छ । स्वदेशी तथा विदेशी लगानीलाई बढाउन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

“अहिलेको हाम्रो प्राथमिकता भनेको स्वदेशी र विदेशी लगानीलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नु पनि हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउने, एकद्वार केन्द्र स्थापना गर्नेलगायतका काम गर्दा पनि लगानी बढ्न सकेको छैन । यसबारे सरकार गम्भीर हुन जरुरी छ”, अध्यक्ष ढकालले भन्नुभयो ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताउनुभयो । आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न सकेमा मात्रै त्यो दिगो हुने उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

  • नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0