नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२५ बैशाख ।
धादिङको ज्वालामुखी गाउँपालिकामा तरकारी खेती सम्बन्धी सिप विकास तालिम सम्पन्न भएको छ । नवप्रर्वतन साझेदारी कोष ज्वालामूखी कृषि प्रवद्र्धन परियोजना अन्तरगत तरकारी खेती गर्ने कृषक समुह र कृषि फर्महरुको लागि बैशाख १८ गतेदेखि सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।
गाउँपालिकाका कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउन र परम्परागत खेतीलाई आधुनिक खेतीमा रुपान्तरण गर्ने उद्धेश्यले तालिम संचालन गरिएको कृषि विकास शाखा प्रमुख नविन बुढाथोकीले बताउनुभयो ।
मौसमी तथा बेमौसमी खेति पद्धति, बेमौसमी तरकारी खेती कसरी गर्ने, नर्सरी कसरी स्थापना गर्ने रु विउ उत्पादन, प्लाष्टीक घरमा तरकारी खेती संचालन गर्ने तरिका, रोग किरा पहिचान तथा व्यवस्थापन लगाएत किसानलाई चाहिने सिप ज्ञानको विषयमा तालिम दिइएको कृषि विकास शाखा प्रमुख बुढाथोकीले बताउनुभयो ।
तालिम समापन कार्यक्रममा बोल्नु हुँदै गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले यस प्रकारका तालिमले कृषकहरुको सिप र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तालिममा सिकेका सिप र ज्ञानलाई व्यवहारमा उतारेर तरकारी खेतीलाई व्यवसायिक उत्पादनमा जोड दिन सहभागिहरुलाई आग्रह गर्नुभएको छ ।
गाउँपालिकाको ७ वटै वडाका ७५ जना कृषकहरुको को सहभागिता रहेको तालिममा राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत सुजन सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भएको तालिममा लेखा अधिकृत विदुर शर्मा नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आइ टि अफिसर केदार इटनी, कृषि प्राविधिक विष्णु श्रेष्ठ, विमल शाक्य लगायतको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |