प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१५ बैशाख
गजुरी गाउँपालिकामा ३ दिने अगुवा महिला भाषण तथा उद्घोषण तालिम शुक्रबारबाट सुरु भएको छ । गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा शुक्रबारदेखी अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको हो ।
अगुवा महिलाहरुलाई बोल्ने कलाको विकास गर्न र आफ्नो कुराहरु औपचारिक कार्यक्रममा राख्न सजिलो बनाउनको लागि तालिमको आयोजना गरीएको हो ।
अगुवा महिलाहरुले तालिमको माग गरी पालिकामा निवेदन दिएपछि पालिकाले आफैले तालिमको आयोजना गरेको उपाध्यक्ष सर्मिला बिसुरालले जानकारी दिनुभयो । बोल्न पर्ने स्थानमा महिलाहरु बोल्न डराउने गरेको कारण उनीहरुको डरलाई हटाई र बोल्न कला सिकाउने उदेश्यले गाउँपालिकाले तालिमको आयोजना गरेको हो ।
तालिमको शुक्रबार एक कार्यत्रमका बिच गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठले उद्घाटन गर्नुभएको हो । तालिममा गाउँपालिका भित्रका ८ वटै वडा ४/४ जना गरी जम्मा ३२ जनाको सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष विसुरालले बताउनुभयो ।तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला विसुराल, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लयायतको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |