नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार स्थित रानी पौवा मा.विमा बैशाख १५ गतेदेखी निशुल्क योग विज्ञान शिविर हुने भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका, नरसिंह धाम मुल संरक्षण समिति र पतन्जलि योग समिति धादिङको आयोजना, सल्यान्टार क्याम्पस र रानीपौवा मा.वि को व्यवस्थापन तथा सल्यान्टार बाल विकास इङलिस बोर्डिङ स्कुल, साना किसान कृषि सहकारी संस्था लि, सल्यान्टार बचत तथा ऋण सहकारी संस्था लि, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि, मुक्तिनाथ विकास बैँक लि, नेपाल इन्भेसमेन्ट मेगा बैँक लि र माछापुच्छ्रे बैँक लि, सल्यान्टार शाखा एवं स्थानियको सहयोगमा ५ दिने निशुल्क योग विज्ञान शिविर हुने भएको हो ।
गरौँ योग रहौँ निरोग,सबैको लागि सधैको लागि योग भन्ने मुल मन्त्रका साथ बैशाख १५ गतेदेखि १९ गतेसम्म बिहान ५ बेजेदखि ७ बजेसम्म योग शिविर हुने निशुल्क योग विज्ञान शिविर आयोजकका अध्यक्ष पदम प्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
निशुल्क योग विज्ञान शिविरमा मुख्य केन्द्रिय प्रभारी, पतन्जलि योग समिति नेपालका मुख्य प्रभारी आदरणिय योग गुरु लवदेव मिश्रज्यु एवं महिला पतन्जलि योग समिति नेपालका केन्द्रिय प्रभारी पुज्या साध्वी देवादितीज्यु ले प्रशिक्षण दिनुहुने पतन्जली योग समितिका जिल्ला अध्यक्ष गोविन्द कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
निशुल्क योग विज्ञान शिविरमा सहभागि हुनको लागि आयोजकले सबैलाई सादर निमन्त्रणा गर्दछ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |