Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २५, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

मेरी आमा !

२०३१ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ७, बिहिबार (२ साल अघि)
मेरी आमा !

धादिङ,७ बैशाख

सितल सापकोटा
आजको दिन मलाई फेसबुक, टिकटक जस्ता सामाजिक संजाल चलाउनै मन लाग्दैन । सबैका आमाका तस्बिर र आमासँगै रमाएर मातातिर्थ औंसी मनाएका तस्विरले मन अमिलो बनाइदिन्छ । त्यसैले सकेसम्म सामाजिक संजालमा अरु दिनभन्दा आज म कमै क्रियाशिल हुन्छु । यो मेरो हरेक वर्षको पीडा हो ।आजको दिन सबैले आमालाई भेट्नेछन् । मिठो मसिनो खुवाउँदै आमालाई गिफ्ट, तिर्थ वर्त गराउन लैजाने गर्छन् । तर, म यो वर्षको मातातिर्थलाई अलिक फरक बनाउने प्रयास गर्दैछु । कहिल्यै आकृति समेत नदेखिएकी मेरी आमालाई सम्झिएर म मेरा भावनाहरु लेख्ने प्रयास गदैछु ।
आमा… !
मैले यो शब्दलाई कहिल्यै सम्बोधन गर्न पाइन । आमा भनेर हृदयबाट कसैलाई बोलाउन सकिन । कति अभागी रहेछु । आमा शब्द आफैंमा कति गहन छ अनि कति महान पनि ।एउटा व्यक्तिले आफ्नो जीवनबाट आमा गुमाउन पर्दाको पीडा कति हुन्छ त्यो सायद सबैको कल्पना भन्दा निकै बाहिर हुन्छ । आमा , मलाई तपाईको यादले कहिल्यै छोड्दैन । तर, आज मातातिर्थ औंसीको दिनमा झनै बढि नै याद आउँछ । सबैले आजको दिन आफ्नो आमाको लागि खर्च गरेका हुन्छन् ।सकेसम्म सबैले आफ्नो आमालाई भेटेर आर्शिवाद लिने गर्छन् तर, मैले त तपाईको तस्विर अगाडी बस्न समेत पाउँदिन आमा । आज म संचारकर्ममा छु । धेरैका तस्बिर र भिडियोहरु कैद गर्ने गर्छु । आफ्नै आमाको एउटा तस्बिरसम्म मेरो साथमा नहुँदाको पीडाको आकार म यो लेखनीमा उर्तान सक्दिन ।

म ४ वर्षको हुँदा मैले मेरी आमालाई सदाको लागि गुमाए । त्यतिबेला त म बालपनमा थिएँ । त्यो पीडाले मलाई खासै छोएन पनि होला । अहिले जति उमेर बढ्दै गएको छ उति नै मलाई शुन्यता र अभिभावकत्वको कमि महशुस हुन्छ । आमा विनाको जीवन म भोगिरहेको छु । आमा नहुँदाको एक्लोपन अनि रङ्गहीन लाग्ने जीवन ।मेरी आमाले मलाई तेस्रो सन्तानको रुपमा यस धार्तीमा जन्म दिनु भएको थियो । मलाई अझै सम्झना छ मेरी आमाको मृत शरीरलाई घरबाट निकालेको । मैले त्यसबेला साथीहरुलाई देखाउदै भनेको थिए मेरी आमा अब छिटै फर्केर अउनु हुन्छ । तर, अहिले पो बुझे त्यो दिन त मेरी आमा कहिल्यै नफर्किने गरी सदाको लागि पो जानुभएको रहेछ ।

धेरै दिन आमा आउने बाटो हेर्दाहेर्दा बिते । कहिल्यै आउनुभएन अनि पो मलाई आमा साँचिकै गुमाएु भने महशुस हुन थाल्यो । जब आमा गुमाएको महसुस गरे अनि मेरो जिवनमा दुखका दिनहरु सुरु भएको महशुस भयो । साँचैं आमा विनाको घर सुन्य नै हुन्छ । विश्वाश लाग्दैन मलाई मेरी आमा अब हामीसँग कहिले आउनुहुन् भनेर । अझैं मनमा झिनो आशा लाग्छ कतै आमा फर्किएर आइपो हाल्नु हुन्छ कि । जीवनसँग थाकेर हार मानि निराश भएको बेला आएर सुम्सुमाउँदै जीवनमा संघर्षबाट नहार्न प्रेरणा दिन आउनु हुन्छ कि भन्ने लागि रहन्छ ।

कसैले आमा भनेको शब्द सुन्दा र आमाले सन्तानलाई दिएको प्रेम देख्दा मलाई निकै लोभ लाग्छ । बाँचुन्जेल भौतिक सुख, सुविधा दिन सकिन् । आज मेरी आमा मसगैं भएको भए म कति खुसी र सुखी हुन्थे होला हजुरलाई मेरो आयु थपन सकिन् ।आमा हजुर विना यो संसारमा न त खुलेर हाँस्न सकेको छु न त रुन नै । आमा हजुरको काखमा डाँको छाडेर रुन मन छ तर रुन समेत भाग्यमा चाहिँदो रहेछ । साचै आमा हुनेलाई भन्दा आमा गुमाउनेलाई आमाको महत्व बढि् नै हुदो रैछ ।

कहिले काहि मन हतास र निराश हुँदा आमाको तस्विर हुँदो हो त म पनि त्यहि तस्बिरसँगै रुने थिएँ भन्ने लाग्छ । मेरा साथीहरु भन्छन् – ‘आमाको मायामा जादु हुन्छ । आमाको काख र साथ स्वर्ग हो । मलाई त, तनाव भयो कि आमालाई फोन गर्दछु ।’ यो कुराले आफुलाई भने झनै पीडा थपिदिन्छ । अनि उनीहरुको अनुहारमा छचल्कने खुशी, आफूमा खोज्दछु तर पाउँदिन । आमासँगका तितामिठापलहरु मेरो सम्झनामा छैनन् । किनकी आमाको स्वर्गबास हुँदा म सानै थिएँ ।आमा विनाको हरेक वर्षको मेरो मातातिर्थ औंसी फिक्का भएको छ अनि मुल्यहिन पनि । यद्यापि आमाले उपहार स्वरुप दिएर जानुभएको मेरो जीवन बाँकी छ । यो बाँकी जीवन आमाप्रति श्रद्धाभावका साथ समर्पित हुदै सकारात्मक तथा उर्जाशिल जीवन बनाउनु छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
११%३७%१६%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

  • रेबिज लागेर एक जनाको मृत्यु

    रेबिज लागेर एक जनाको मृत्यु

  • धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

    धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

  • त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

    त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

  • समाचार
    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    रेबिज लागेर एक जनाको मृत्यु

    रेबिज लागेर एक जनाको मृत्यु

    धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

    धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

    त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

    त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0