प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ । अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि बाहिरिँदा रगतको अभाव हुन थालेको हो । यहाँ रक्तसञ्चार केन्द्रले रगत सङ्कलनका लागि शिविर सञ्चालन गर्दै आएको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले युवा जनशक्ति पलायन हुँदा रगतको अभाव बढ्दै गएको बताउनुभयो । विगतमा एउटा शिविरमा ७० देखि एक सय युनिट रगत सङ्कलन हुने गरेकामा हाल ३० देखि ५० युनिट मात्र सङ्कलन हुने गरेको छ । उहाँका अनुसार कतिपय शिविरमा १०–१५ युनिट मात्रै रगत सङ्कलन हुने गर्दछ । कुनै दिन चार वटा शिविरबाट रगत सङ्कलन गर्दा समेत एक सय युनिट पु¥याउन मुस्किल हुने पौडेलको भनाइ छ । “एक वर्षमा तीन सयसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने गरेको छ । दश जोड दुई पढेर अध्ययनका लागि बाहिर गएको जनशक्ति तथा रोजगारीका लागि बाहिरिने युवा मुख्य रक्तदाता हुन्”, उहाँले भन्नुभयो । यो जनशक्ति बाहिरिँदा रगतको अभाव भएको हो । यहाँ क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, शल्यक्रियामार्फत् गरिने प्रसूति र अन्य उपचारमा रगत धेरै माग हुने गर्दछ । दैनिक चितवन र छिमेकी जिल्लाबाट उपचारका लागि आउने बिरामीका आफन्त रगतको खोजीमा भौतारिन बाध्य छन् ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चैतदेखि साउनसम्म गर्मीको मौसममा रगतको अभाव बढ्ने गरेको छ । दैनिक एक सय ५० युनिटको हाराहारी रगतको माग हुने गर्दछ । यहाँ सञ्चालन हुने शिविरमा ७५ युनिट मात्रै रगत सङ्कलन हुने गरेको छ । बाँकी अपुग रगत बिरामीका आफन्तले आफन्त, इष्टमित्र, छरछिमेकी, स्वयंसेवी रक्तदाता र विगतमा रक्तदान गरेकाहरुको खोजी गरी व्यवस्थापन गर्दै आएका छन् । केन्द्रले चितवनसहित छिमेकी जिल्लामा रक्तदान कार्यक्रम गरेर रगत सङ्कलन गर्ने गरेको छ । गत आर्थिक वर्षमा ती जिल्लाबाट मात्रै शिविरमार्फत् तीन हजार युनिट रगत सङ्कलन गरिएको थियो । पोखराबाट प्रशोधन गरिएको दुई हजार पाँच सय युनिट रगत ल्याएर बिरामीलाई चढाइएको थियो । कलेजो प्रत्यारोपण गर्न रगत अभाव भएपछि बिरामीका आफन्तले काठमाडौँबाट दुई सय ५० युनिट रगत यहाँ झिकाएका थिए । रक्तदाता घटे, रगतको माग बढ्यो रगत सङ्कलनका लागि चितवनबाट सर्लाहीसम्म पुग्नु परेको सभापति पौडेलको भनाइ छ । उहाँले व्यापकरूपमा रक्तदानसम्बन्धी जनचेतना कार्यक्रम आवश्यक रहेको समेत बताउनुभयो ।
खेर जाने रगतले कसैको ज्यान बच्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ । जिल्लामा वार्षिक ५० हजार युनिट हाराहारी रगतको माग हुने गरेकोमा ६० प्रतिशत मात्रै सङ्कलन हुने गरेको पौडेलले बताउनुभयो । उहाँका अनुसार रक्तदातालाई उत्प्रेरित गर्न स्थानीय तहले रक्तदान कार्यक्रममा सहयोग गर्दै आएका छन् । जिल्लामा सङ्घीयस्तरको दुई ठूला अस्पताल, दुई मेडिकल कलेज, २० निजी अस्पताल सञ्चालनमा छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |