प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाण्डौँ,६ चैत
देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तराईका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।
पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा धेरै वर्षा भएको छ । लमजुङमा ५० मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् समिर श्रेष्ठले पर्सिसम्मकै मौसम यस्तै रहने बताउनुभयो । पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने देखिएकाले मौसम बदली हुने र पानी पर्ने क्रम पर्सिसम्म नै चल्ने उहाँले जानकारी दिनुभयो ।
यसपालिको हिउँदयाममा खासै पानी पर्न सकेन । हिउँद सुक्खा भए पनि प्रि(मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ । यसले गर्दा प्रदूषण कम हुन र खेतीपातीका लागि केही राहत मिलेको छ । तर, यो समयमा असिना समेत पर्ने भएकाले कतिपय ठाउँमा भने तरकारी र फलफूल खेतीमा असर पर्न सक्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |