प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,६ चैत
नेपाल शिक्षक संघ धादिङको नवौ अधिवेशनबाट अध्यक्षमा देवी प्रसाद छत्कुली निर्वाचित हुनुभएको छ। उहाँले ५०५ मत ल्याएर बिजयी हुनुभएको छ । यसैगरी उहाँको निकतम प्रतिद्धन्दी शिबहरि अधिकारीले ४ सय ९३ मत ल्याउनु भएको छ।यसैगरी सचिवमा रोहिणी प्रसाद कोईराला निर्वाचित हुनुभएको छ।उहाँले ५२७ मत ल्याउनु भएको छ । यसैगरी उहाँको प्रतिद्धन्दी अर्जुन प्रसाद अधिकारीले ४६२ मत ल्याउनुभएको छ ।
सचिव अर्थमा ५९४ मत ल्याएर चिरन्जीबी अधिकारी निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिद्धन्दी ललित मान गुरुले ३६४ मत ल्याउनु भएको छ । यसैगरी सह सचिवमा ५१६ मत ल्याएर नवराज सापकोटा निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिद्धन्दी हरिप्रसाद अधिकारीले १९१ मत ल्याउनु भएको छ ।
यसैगरी सदस्यहरुमा टिकाराम बस्ताकोटी,डम्बर बहादुर श्रेष्ठ,मान बहादुर श्रेष्ठ,रामकाजी अधिकारी,राम बहादुर कार्की निर्वाचित हुनुभएको छ। यसैगरी संघीय महाधिवेशन प्रतिनिधिहरुमा तुलसी अधिकारी,दिपक सिंखडा,राजेन्द्र प्रसाद दाहाल,विष्णु प्रसाद अधिकारी र शेरमान श्रेष्ठ निर्वाचिन हुनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |