प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२९ फागुन।
हिमाल बचत तथा ऋण सहकारी संस्थाको २२ औँ स्थापना दिवसको अवसरमा ५३ जनाले रक्तदान गरेका छन्।सोमबार धादिङ अस्पताल परिसरमा ३८ जना पुरुष र १५ जना महिला गरी ५३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो।

हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि सहयोग रहेको थियो ।धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।

जिल्लामा रगतको चरम अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गरीदैँ आएको छ। सोमबार भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले ५६ पटक रक्तदान गर्नुभएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |