प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ,११ फागुन ।
भोली देखि धादिङबेसीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन सुरुहुदैछ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन फागुन १२ अर्थात भोलीदेखि १४ सम्म हुने महाधिवेशनको तयारी तिव्र पारीएको छ ।केन्द्रीय महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागमती प्रदेशका उपाध्यक्ष एवम् महाधिबेशन प्रचारप्रसार समितिका संयोजक कृष्ण ढकाल (शिशिर)ले जानकारी दिनुभयो ।
१२ गते उद्घाटनको दिन धादिङबेशी पुछारबजारबाट बिभिन्न प्रकारको झाँकी सहित कलाकारहरुको ¥याली हुने संयोजक ढकालले बताउनुभयो । धादिङबेसीमा स्थित खुल्ला मन्चमा अहिले मन्च व्यवस्थापन गर्ने काम भईरहेको ढकालले जानकारी दिनुभयो ।
महाधिवेशनमा सहभागि हुन आउने ख्याति प्राप्त कलाकारसहित देशभरबाट आउने प्रतिनीधिहरुका लागि धादिङबेसी,मलेखु र गजुरीका होटलहरु समेत बुक गरिसकिएको ढकालको भनाई छ ।
चर्चित लोकदोहोरी गायीका एवम् प्रतिष्ठानको हालको उपाध्यक्ष नीलकण्ठ नगरपालिका–२ की रिता थापा मगरले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ। महाधिबेशनमा एक करोडभदा बढी खर्चहुने आँकलन गरिएको महाधिबेशन प्रचारप्रसार समितिका संयोजक ढकालले बताउनुभयो।पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि १२ गते बेलुकै उम्मेदवारको टुंगो लगाउने कार्यतालिका रहेको छ । १३ गते मतदान कार्य गर्ने र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने तयारी रहेको छ ।
महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् ।२०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति रहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |