प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२६ माघ ।
धादिङ जिल्ला खेलकुद विकास समितिको भवनको बुधबार शिलान्यास गरीएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।भवनको शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो अघिल्लो कार्यकालमै निर्माण गर्ने भनिएको तर बजेट अभावका कारण नसकिएको बताउनुभयो ।
उहाँले खेलकुद विकास समितिको आफ्नै भवन भएपछि जिल्लाको खेलकुद र खेलाडीहरुको विकासमा टेवा पुग्ने बताउनुभयो । धादिङमा यो महत्वपुर्ण काम भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले निर्माण कम्पनिलाई तोकिएको समयमा काम सक्न आग्रह गर्नुभएको छ ।समयसिमा अघिनै सम्पन्न गरेमा निर्माण कम्पनिलाई प्रदेश सरकारले पुरस्कृत गर्ने पनि बताउनुभएको छ ।
प्रदेश सरकारले १ करोड विनियोजन गरेर टेन्डर आव्हान गरेसँगै भवनको निर्माण कार्य सुरु भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताउनुभयो।अहिलेकोे यो बजेटबाट भवनले पुर्णता नपाएपनि काम हुँदै गर्दा बागमती प्रदेश सरकारले थप वजेट विनियोजन गर्ने तामाङको भनाई छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |