जापानको टोकियोमा सम्पन्न पाँचौ अधिवेशनले आगामी दुई बर्षका लागि तिम्सिनालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । २१ सदस्यीय नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्ष राम सिंखडा चयन भएका छन् ।
उपाध्यक्षमा सुजता दुवाडी, दिनेश अधिकारी, बिष्णु कुमार श्रेष्ठ र बिमल श्रेष्ठ चयन भएका छन् । त्यस्तै महासचिव बिजय सडौला, सचिवमा सुशान्त बानियाँ र ओम कुमार श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा राम बाबु दनाई र सह(कोषाध्यक्षमा दिपक बिस्ट सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरु, प्रलाद अधिकारी, दिनेश पन्डीत, कृष्ण बहादुर मगर, राम बाहादुर बिसुन्के, ईश्वरी अर्याल, ठाकुर खनाल, गणेश बहादुर अधिकारी, पशुपती थपलिया, प्रबीन नेपाल र माधब ढकाल चयन भएका छन् ।
धादिङ घर भइ जापानका विभिन्न स्थानमा रहेकाहरुको संख्यात्मक डाटा संकलन गर्ने र क्षेत्रिय कमिटि बिस्तार गरि सामाजिक काममा सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष तिम्सिनाले बताए ।
संस्थाका अध्यक्ष दिनेश शर्माको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल र अन्तर्राष्ट्रीय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठ, ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्तकुमार पहरी, धादिङ समाज जापानका सल्लाहकारहरु राजकुमार अधिकारी, श्याम सितल, नेपाल पत्रकार महासंघ जापानका सचिब तथा संस्थाका सल्लाहकार राजन गौतम, बाबुकाजी भण्डारी, शेर्पासंघ जापानका अध्यक्ष सोनाम शेर्पा लगायत सहभागी थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |