प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ । धादिङको पर्यटन प्रर्वधन गर्नको लागि साइकल र्याली आयोजना गरिएको छ । पर्यटन प्रवर्धनमा सहयोग पुगोस भनि आठौंं धादिङ महोत्सवको अवसर पारेर धादिङ उद्योग बाणिज्य संघले मलेखु देखि धादिङबेसीसम्म साइकल र्यालीको आयोजना गरेको हो ।
कोरोना महामारीले सुस्ताएको व्यापार व्यवसाय माथि उठाउनुको साथै पर्यटकीय सम्भावना रहेको सन्देश दिनको लागि साइकल र्यालीको आयोजना गरिएको उद्योग वाणिज्य संघ धादिङका उपाध्यक्ष रामकुमार डल्लाकोटीले बताएका छन् ।
१८ किलोमिटरको दुरीमा रहेको साइकल र्यालीमा धादिङबेसी आसपास र धादिङ बाहिरका २१ जना पुरुष र सात जना महिलाका सहभागीता रहेको थियो । लामो समय देखि साइकल चलाउँदै आएको भएपनि सामूहिक रुपमा र्यालीमा सहभागी हुन पाउँदा खुशी लागेको मधुकर महर्जनले बताए ।
धादिङ साइकल क्लबको सहयोग समेत रहेको उक्त साइकल र्याली मलेखु देखि धादिङबेसीको महोत्सव स्टलमा पुगेर समापन भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |