प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेत्रावती डबजोङ गाउँपालिका वडा नं २ र ३ तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएसँगै गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता र उपाध्यक्ष सिता माया चोदेनको विशेष आतिथ्यता सम्पन्न भएको हो । कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष सुरेश वाईवा, वडा नं २ का अध्यक्ष मिन बहादुर तामाङ लगायत गाउँपालिकाका शाखा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख अनुप लामिछानेले सार्वजनिक सुनुवाईको उद्धेश्य, महत्व र विषय वस्तुको बारेमा प्रकास पार्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासालाई जवाफ दिदै कार्यक्रमका विषेश अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष सिता माया चोदेन गुरुङले स्थानिय स्तरका विकासका निमित्त व्यक्ति आफै सक्षम हुन आवश्यक रहेको बताउनु भएको छ । उहाँले पालिका भित्रको विकास निमार्णमा आफुहरु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिका भित्र विभिन्न योजना तथा कार्यक्रमहरुमा अनियमितता रोक्नको निमित्त उपभोक्ता समितिलाई पहिला आफै गुणस्तरको काम गर्नको निमित्त आग्रह गर्नुभएको छ । उहाँले आफुले गरेका काममा कसैले औला उठाउने ठाउँ नराखीकन काम कारवाहीलाई अगाडि बढाउन सवैमा आग्रह गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा गाउँपालिकालाई नुमना बनाउने समेत बताउनु भएको छ । अध्यक्ष रिजालले खानेपानीमा एक घर एक धारा,वाका डाडा पर्यटन प्रवधन,गाउँपालिकाको जग्गा दातालाई सम्मान,सडक,शिक्षा र कृषिमा उत्पादन तथा बजारीकरण लगाएतका बिषयबस्तुहरुमा आफुहरु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
त्यसैगरी सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका गुनासो तथा जिज्ञासा मेटाउदै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएकोले यस किसिमको कार्यक्रमले सेवाग्राही र सेवा प्रदायिक बिचको दुरीमा कमी आउने बताउनु भएको छ । उहाँले गाउपालिका भित्रका कर्मचारीहरु बाट कार्य सम्पादनमा केहि गुनासो आएमा जुनसुकै बेलामा आफुलाई जानकारी गराउन आग्रह गर्दै सुधार र सुझावमा आफु एक्सनमा जाने समेत बताएका छन् ।
नेत्रावती डवजोङ गाउपालिकाले शुसासन, पारदर्शिता र जवाफदेहिताको लागी भन्दै वडा तहमानै सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो । गाउँपालिकाले यस अघि वडा न १ स्थित मार्पाक, वडा न ४ स्थित भोग्टेनी,वडा न ५ स्थित कटुन्जेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिसकेको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |