Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २५, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौंमहान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

चिया बेचेर रु ६० हजार बचत गर्दै विपना

११८० पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ३, आईतबार (२ साल अघि)
चिया बेचेर  रु ६० हजार बचत गर्दै विपना

गुल्मी,३ पुस ।

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उहाँले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आउनुभएको छ ।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्नुहुन्छ । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्नुहुन्छ । “चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ”, उहाँ भन्नुहुन्छ, “घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छ । ” विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताउनुभयो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उहाँ पढ्नका लागि तम्घास आउनुभएको हो । उहाँले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काउनुभयो । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोच्नुभयो । उहाँको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गर्नुभयो । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गर्नुभयो । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उहाँले निरन्तर चिया बेचिरहनुभएको छ ।

अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उहाँले बताउनुभयो । “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उहाँ भन्नुहुन्छ, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन”, उहाँले भन्नुभयो । तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उहाँको भनाइ छ । आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उहाँले बताउनुभयो । उहाँ बिहान ६ बजे बजारमा चिया बेच्न निस्कनुहुन्छ । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्कनुहुन्छ । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताउनुभयो ।

आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ । उहाँलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् । उहाँ उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आउनुभएको छ । उहाँले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताउनुभयो । विपनाका बुवा हरिबहादुर कृषक हुनुहुन्छ भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका हुनुहुन्छ । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ । विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिनुहुन्छ । उहाँले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताउनुभएको छ । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उहाँको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

  • जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • समाचार
    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0