प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो ।
यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो ।
त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ । दुई पटकको विश्व विजेत बनेको अर्जेन्टिना तेस्रो उपाधि नजिक पुग्ने योजनामा हुनेछ । अर्जेन्टिनाले सन् १९७८ र १९९६ को विश्वकप जितेको थियो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पनि अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् । मेस्सीका लागि यो विश्वकप अन्तिम मौका हुनेछ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना बनाएका मेस्सीले यो विश्वकप उपाधि जित्दै अन्तिम विश्वकपका रुपमा लिने योजना बनाएका छन् ।
यता क्रोएसिया पनि अघिल्लो संस्कणमा गुमको उपाधि यो पटक भने आफ्नो बनाउने योजनामा छ । क्रोएसियाका कप्तान लुका मोड्रिच पनि आफ्नो अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |