धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
धादिङ,२५ मंसिर ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ । यस ठाउँमा निकै नै मिठो र रसिलो सुन्तला उत्पादन हुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइ फल लाग्न थालेदेखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँका स्थानीयको आय आर्जनको स्थायी स्रोत बनेको सुन्तलालाइ आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने भएको छ ।
धादिङ महोत्सव मुल आयोजक समिति र बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक वीचको छलफलमा जवाङको सुन्तलालाइ महोत्सवमा राख्ने निर्णय भएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।
राजमार्ग क्षेत्रका बजारहरुमा पोका पोका बनाएर सुन्तला विक्री वितरण भइरहेको देखेको छ, तर कहाँको हो ? कसरी उत्पादन भइरहेको छ, ब्यवसायिक खेती गर्दा के के समस्या आउछन् भन्ने जानकारी दिनको लागि सुन्तलाको विक्री संगै सुन्तला खेतीको ब्यवसायिक ज्ञान बाड्न हिसावले जवाङ गाउँको सुन्तलालाइ महोत्सवमा ल्याउन लागिएको सिंखडाले जानकारी दिनुभयो ।
बेनिघाट रोराङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै चेपाङ सस्कृति र रहन सहन झल्कने झाँकी पनि प्रदर्शन गरिने गाउँपालिका अध्यक्ष थपलियाले छलफलका क्रममा जानकारी दिनुभयो । गाउँपालिकामा बहुसंख्यक चेपाङ समुदायको बसोबास रहेकाले उनीहरुको रहन सहन र सँस्कृतिको प्रचार गर्नको लागि महोत्सवमा चेपाङ झाँकी पठाइने गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।
आगामी पुष ७ गतेदेखि १७ गतेसम्म धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सवको हुँदैछ । महोत्सवका सफल बनाउनको लागि विभिन्न २३ वटा उप समितिहरु बनाएर कामहरु तीव्र रुपमा अघि बढाइएको आयोजक धादिङ उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विष्णुप्रसाद थपलियाले जानकारी दिनुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |