नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ २३,कात्तिक ।
बैङ्कको चर्को ब्याजदर बिरुद्ध धादिङका उद्योगी ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । आज धादिङबेशीमा उद्योग बाणिज्य संघको अगुवाईमा पुछारबजार बाट बिरोध ¥याली निकाली प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैङ्कलाई ज्ञापन पत्र बुझाएका हुन ।

चर्को ब्याजदरका कारण ब्यवसायहरु धरासायी भैसकेको र कतिपय साना तथा मध्यम ब्यवसायहरु बन्द गर्नुपर्ने बाध्यता सिर्जना भैसकेको आन्दोलनमा सहभागीहरुको भनाई छ । कर्जा नीति २०७९ तुरुन्त स्थगित गरियोस्, एकल विन्दुमा ब्याजदर सीमित गरियोस्, कर्जा लगानी कम्तीमा एक वर्षपछि मात्रै ऋणिसँगको समझदारीमा ब्याजदर वृद्धि गरियोस् । बैंकले लिदै आएका सेवा शुल्क लगायतका मनोमानि शुल्क हटाईयोस् विगतमा मौद्रिक नीति मार्फत दिईदै आएका छूटहरु कायम गरियोस भन्ने मागहरु उद्योगी ब्यवसायीहरुले राखेका छन् ।
बिरोध ¥याली तथा कोणसभा कार्यक्रममा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष पुर्व अध्यक्षहरु रुद्ध बहादुर खत्रि, धुव बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । बिरोध ¥यालीमा निर्माण सामाग्री ब्यवसायी संघ,पुस्तक तथा स्टेशनरी ब्यवसायी सघ,नेपाल घरेलु तथा साना उद्योग महासंघ,अधिकृत बिक्रेता संघ लगाएत सघ÷संस्थाहरुको ऐकेबद्धता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |