प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२० कात्तिक ।
धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने नेकपा एमाले अध्यक्ष केपि ओलीले बताउनु भएको छ । नागढुँगा सुरुङमार्गको निरिक्षण गर्न आइतबार आइपुग्नु भएका नेकपा एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताउनुभयो ।
ओली प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको बताउनुभयो। चिनदेखि भारत जोडिने अन्तार्राष्ट्रिय राजमार्ग समेत धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकोले विकासको यो निर्माण गर्ने जिम्मा समेत एमालेले लिएको बताउँर्दै एमाले अध्यक्ष ओलीले एमाले बाहेक अरुले विकासको काम गर्न नक्ने दावी गर्नुभयो ।

धादिङको समस्याको रुपमा रहेको श्री ५ को बायुगुठी समस्या समाधान गर्न आफू लाग्ने बताउँदै ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताउनुभयो । एमाले अध्यक्ष ओलीको स्वागतका लागि आयोजित कार्यक्रममा ओलीले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सदस्य भुमी त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यमा रमेश आचार्य रहोकोले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह समेत गर्नु भयो।
पार्टी छाडेर जानुभएका नेत्र पौडेललाई धेरै अवसर रहेकोले पार्टीमै फर्कन समेत अनुरोध गर्नुभएको छ । उम्मेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सदस्य भुमी त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यमा रमेश आचार्य लगायतले स्वागत गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |