Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २३, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

आउँदो निर्वाचनमा सबैभन्दा बढी मतदाता, कुन निर्वाचनमा कति थिए ?

४०२ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १८, शुक्रबार (२ साल अघि)
आउँदो निर्वाचनमा सबैभन्दा बढी मतदाता, कुन निर्वाचनमा कति थिए ?

काठमाडौँ,१८ कात्तिक ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाता संख्या अहिलेसम्मकै सबैभन्दा बढी रहेको छ । निर्वाचन आयोगका उपसचिव एवं सहप्रवक्ता ऋषिराम भुषालका अनुसार मंसिर ४ गते हुने निर्वाचानमा कूल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ ।

नेपालमा पहिलो आम निर्वाचन (संसद) २०१५ सालमा भएको थियो । आयोगका अनुसार उक्त निर्वाचनमा कुल मतदाता ४२ लाख ४६ हजार ४६८ रहेका थिए । पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन चर्केपछि २०३७ सालमा राष्ट्रिय जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा कुल मतदाता संख्या ७१ लाख ९२ हजार ४५१ रहेको थियो ।

२०४६ सालमा देशमा प्रजातन्त्र पुनःस्थापन भएपछि २०४८ सालमा आम निर्वाचन भएको थियो । उक्त निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए । नेपालमा पहिलो स्थानीय निर्वाचन २०४९ सालमा भएको थियो । सो निर्वाचनमा कूल मतदाता  १ करोड २० लाख रहेका थिए ।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद विघटन गरेपछि २०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो । मध्यावधि निर्वाचनमा कूल मतदाताको संख्या १ करोड २३ लाख २७ हजार ३२९ रहेको थियो ।

२०५४ सालमा नेपालमा स्थानीय निर्वाचन भएको थियो । दुई चरणमा भएको उक्त निर्वाचनमा कूल मतदाता संख्या १ करोड २५ लाख ३८ हजार २७३ रहेको थियो । त्यसपछि २०५६ सालमा आम निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार सो निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता रहेका थिए ।

२०६४ सालमा संविधान सभा सदस्य निर्वाचन गरिएको थियो । संविधान सभा सदस्य निर्वाचनमा कुल मतदाता १ करोड ७६ लाख ११ हजार ८३२ रहेका थिए । पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा संविधान सभाको लागि दोस्रो निर्वाचन भएको थियो । संविधान सभाको दोस्रो निर्वाचनमा कुल मतदाताको सङ्ख्या १ करोड २१ लाख ४७ हजार ८६५ रहेको थियो ।

दोस्रो संविधान सभाले २०७३ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ सालमा तीन चरणमा स्थानीय निर्वाचन गरिएको थियो । स्थानीय तह निर्वाचन, २०७४ मा कुल मतदाता १ करोड ४० लाख ७२ हजार ४२४ रहेका थिए । २०७४ सालमा नै एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गरिएको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९३८ रहेको थियो ।

त्यसपछि २०७९ वैशाख ३० गते स्थानीय निर्वाचन भएको थियो । गत वैशाखमा भएको उक्त निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

  • समाचार
    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0