प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौँ, १७ कात्तिक
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं। ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिनुभयो ।
“स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ”, प्रतिबद्धता पत्रमा भनिएको छ । भौतिक संरचना निर्माण गर्दा भिन्न रुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरु निर्माण गर्न पहलगरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
एमालेले आगामी निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क) मा पार्टीका केन्द्रीयसदस्य नारायण सिलवाल र प्रदेशसभा ९ख०मा पार्टीका काठमाडौँ जिल्लाअध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |