Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल

२८५ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १७, बिहिबार (२ साल अघि)
अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १७ कात्तिक ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“मङ्सिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ”, अध्यक्ष दाहालले भन्नुभयो, “यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ ।” आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उहाँले अब विकास र समृद्धिको नयाँ यात्रा गोरखाबाटै सुरु हुने बताउनुभयो ।

“नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्नेछ । अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो”, गोरखा क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन सकेनौँ र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ ।”

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभयो । “संविधानसभाबाट जारी संविधान, गणतन्त्र र सङ¬्घीयताको रक्षार्थ हामी एक ठाउँमा आएको छौँ”, उहाँले भन्नुभयो, “आगामी मङ्सिर ४ गते प्रतिगामी प्रवृत्ति पराजित हुन्छ, अग्रगामी शक्ति अगाडि आउँछ ।”

गणतन्त्रको जग दह्रो भएर समृद्धिको ढोका नखोलेसम्म अग्रगामी शक्तिबीचको एकता र सहकार्य आवश्यक रहेको जनाउँदै अध्यक्ष भटृराईले आसन्न निर्वाचन परिवर्तनका पक्षमा रहेका शक्तिबीच सहकार्यको नमूना हुने बताउनुभयो । कृषिप्रधान अर्थतन्त्रको विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै उहाँले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

चुनौतीपूर्ण भौगोलिक वनावट भए पनि गोरखा जिल्लामा विकासको प्रचूर सम्भावना रहेको उहाँको भनाइ थियो । “बेनिघाट–आरुघाट–लार्के सडकको निर्माण सुरु भएको छ, यसलाई जतिसक्दो छिटो सम्पन्न गरिनुपर्छ, बूढीगण्डकी, दरौँदी, चेपे र मस्र्याङ्दी नदीको उत्तर–दक्षिण नदी करिडोर तथा त्रिशूली नदी करिडोर निर्माण गरे मात्रै पनि गोरखामा आधारभूत पूर्वाधार तयार हुन्छ”, पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “पूर्वाधारसँगै रोजगारी सिर्जना र कृषि उत्पादन वृद्धिका साथै हिमाली क्षेत्रमा जडीबुटी सङ्कलन गरेर प्रशोधन केन्द्र बनाउन पनि सकिन्छ ।”

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धिलाई संस्थागत गरेको संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभयो । आर्थिक समृद्धिको फड्को मार्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने कार्यभार पूरा गर्न वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य कमला पन्तले गोरखाली जनताको विकासको आकाङ्क्षा सम्बोधन गर्नेखालका योजना ल्याउन गठबन्धनका उम्मेदवारलाई आग्रह गर्नुभयो । “लार्के–बेनिघाट र दूधपोखरी–देउराली सडक, राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना, गोरखकाली रबर उद्योग सञ्चालनसँगै जिल्लाका पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

गोरखा क्षेत्र नं २ (२)का उम्मेदवार सुरेन्द्र पाण्डेले संविधान, गणतन्त्र, सङ्घीयतामाथिको खतरा कायमै रहेकाले वाम–लोकतान्त्रिक गठबन्धन गरेर प्रतिगमनकारी शक्ति विरुद्ध निर्वाचनमा होमिनुपरेको बताउनुभयो । “मुलुकलाई पछाडि फर्काउने प्रवृत्तिले अझै पनि टाउको उठाइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि गठबन्धनका उम्मेदवारको विजय आवश्यक छ ।” सशस्त्र द्वन्द्वका क्रममा भएका कमीकमजोरीलाई बिर्सेर आसन्न निर्वाचनमा एक भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

गोरखा क्षेत्र नं १ (१) का उम्मेदवार कृष्ण धितालले जिल्लामा प्रतिस्पर्धी रहेका दलहरु एक भएर निर्वाचनमा होमिँदा जनतामा उत्साह पैदा भएको जनाउँदै आगामी दिनमा पनि जनअपेक्षा पूरा हुने गरी काम गर्नुपर्ने बताउनुभयो । “उत्पादन वृद्धि, रोजगारी सिर्जना, सडकको स्तरोन्नति, ठूला परियोजना निर्माणमा सबै दल एक भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

क्षेत्र नं २ (१)का उम्मेदवार फणिन्द्र देवकोटाले हिजोका दिनमा व्यवस्था बदल्न एक भएका राजनीतिक दल अब देश र जनताको अवस्था बदल्न पनि एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयोे । गोरखा क्षेत्र नं १ (२) का उम्मेदवार नन्दप्रसाद न्यौपानेले जनअपेक्षा पूरा गर्न गठबन्धनका उम्मेदवारका रुपमा लागेकोे जनाउँदै नागरिकप्रति उत्तरदायी भएर सबैले आआफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसका गण्डकी प्रदेशको महामन्त्री किरणबाबु श्रेष्ठले संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिका लागि गठबन्धन गरिएको बताउनुभयो । “प्राप्त उपलब्धिलाई ध्वस्त गर्ने प्रतिगामी प्रवृत्तिका विरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन आवश्यक भएको हो”, उहाँले भन्नुभयो, “गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व हो ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

    धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

  • धादिङमा MNH कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण, १३ स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता

    धादिङमा MNH कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण, १३ स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता

  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर

    धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर

  • हुग्दीखोलाको पुल भासिँदा पृथ्वी राजमार्ग एकतर्फी बन्द

    हुग्दीखोलाको पुल भासिँदा पृथ्वी राजमार्ग एकतर्फी बन्द

  • समाचार
    धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

    धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

    धादिङमा MNH कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण, १३ स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता

    धादिङमा MNH कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण, १३ स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता

    धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर

    धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर

    हुग्दीखोलाको पुल भासिँदा पृथ्वी राजमार्ग एकतर्फी बन्द

    हुग्दीखोलाको पुल भासिँदा पृथ्वी राजमार्ग एकतर्फी बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0