धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
एमाले र राप्रपाको संयुक्त चुनावी अभियान अन्तर्गत सोमबार गंगाजमुना गाउँपालिकाको गुम्दी चिमचोकमा सम्पन्न सभा एवं प्रशिक्षण कार्यक्रममा बोल्दै लोहनीले पाँच बर्षभित्र तिप्लिङसम्मकै सडक पिच गर्न आफूले पहल गर्ने बताउनुभएको हो ।
सो सडकमा आफु निर्वाचित भएपछि २० करोडको काम भएको बताउनुभयो । २०५४ सालमा आफु जिल्ला विकास समितिको सभापती भएको बेला सिकटारबाट सुरु गरेको सिकटार–बेलुङभञ्ज्याङ–फुलखर्क–रि सडकले गति लिएको भन्दै उहाँले यो आर्थिक बर्षमा पनि ४० करोड बजेट परेको र १४ किलोमिटर कालोपत्रेको लागि काम अगाडी बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पाँच बर्षअघि गाडीमा आईपुग्न नसकेका हामी अहिले गाडीमा आयौँ,किचेतमा ५ बर्ष भित्र बस पुग्नुपर्छ भनेर बोलेको कुरा पुरा भएको छ।’लोहनीले आफु जनताको सेवक रहेको भन्दै यो देशलाई जोगाउन,जनतालाई सुख, शान्ति दिन, युवाहरुलाई रोजगारी दिलाउन एमाले र राप्रपाको संयुक्त उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङले उत्तरी धादिङको विकासको लागि एमाले र राप्रपा मिलेर गर्नका लागि चुनावी तालमेल भएकोे बताउनुभयो ।
लोहनी र तामाङले हिजो गुम्दीको चिमचोक, तावल, ताजिम्राङ,रिचेत,चोके लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |