शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ १५ असोज । धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेद्वार रामनाथ अधिकारीले उत्तरी धादिङको समग्र विकासको जिम्मा अब बन्ने गठबन्धनको सरकारले लिने बताएका छन् ।
धादिङको गंगाजमुना गाउँपालिकाको वडा नं. ३ स्थित गुम्दिमा गठबन्धनले आज आयोजना गरेको शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले सो कुरा बताउनु भएको हो । उनले विकासका पूर्वाधारको जग बसालिसकेको हुनाले अन्य आवश्यक विकास योजनाको काम अब बन्ने सरकारले जिम्मा लिने बताएका हुन ।उनले उत्तरी धादिङ संग आफूहरुसँग कसरी विकास गर्ने, विकासका लागि कुन कुन ठाउँमा पुग्नुपर्छ भन्ने अनुभव र क्षमता भएकाले गठबन्धन बाट विकास सम्भव हुने बताएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले हरेक पालिकामा ३ वटा प्राविधिक शिक्षालय, हरेक वडा सम्म बाटो कालोपत्रे, शिक्षा र रोजगार आफ्नो मुख्य एजेण्डा भएको समेत बताएका छन् ।आफूहरुको मुख्य प्राथमिकता जनताको जीवन परिवर्तन गराउनेमा रहने भन्दै उनले आगामी ५ वर्ष जनताको समस्या समाधान गर्ने काममा आफूहरु केन्द्रित हुने बताएका छन् । उनले प्राप्त अधिकारलाई संरक्षण गर्नका लागि गठबन्धनलाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गरका छन् ।
त्यसै गरी सोहि कार्यक्रममा सम्बोधन गर्दै धादिङ क्षेत्र २ प्रदेश ख का उम्मेदवार जगत सिंखडाले निकै पछाडि परेको उत्तरी क्षेत्रको विकासमा आफ्नो अघिल्लो कार्यकालमा केहि सुरुवात गरेको र अपुरा योजना तथा उत्तरी क्षेत्रको साच्चै बिकासका निम्ती आफनो उम्मेद्वारी रहेको बताएका छन् । मतदाता भेटघाट तथा निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्तर्गत मंगलबार गठबन्धन दल गंगाजमुना गाउँपालिका वडा न. ३ को चिमचोक र पोखरा र वडा न ४ को सातदोबाटो लगायतको क्षेत्रमा स्थानिय मतदातासंग भेटघाट गरेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |