तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,३१ असोज ।
गंगाजमुना गाउँपालिकामा पहिलो पटक टोल विकास समिति तथा उपभोक्ता समितिको लागि आयोजित योजना कार्यान्वयन सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।असोज २५ गतेदेखी सुरु भएको प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम वडा नम्बर १,२,३,४,५ र ७ वडाहरुमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो।

टोलटोलमा गएर सन्चालन गरिएको कार्यक्रममा टोल विकास समिति तथा उपभोक्ता समितिहरूका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागिहरुलाई उपभोक्ता समिति गठन प्रक्रिया,योजनाको कार्यान्वयन तथा कार्यसम्पन्न सम्म पुरा गर्नुपर्ने प्रक्रियाहरु,भुक्तानी प्रक्रिया र प्राविधिक सम्बन्धी ज्ञानहरू बारे सम्बन्धित शाखा प्रमुखहरुले प्रशिक्षण गर्नुभएको थियो ।

यसै कार्यक्रमका संयोजक तथा प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले यस कार्यक्रमले विगतमा भएको कमिकमजोरी एवं त्रुटिहरूलाई सच्याई आगामी दिनहरूमा उपभोक्ता समितिहरूले गुणस्तरीय कार्य गरी बजेटको सही सदुपयोग हुने बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |