Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक ५, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वासअन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • निरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापनानिरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना

धादिङमा म्यादी प्रहरीका लागि २६ सयको आवेदन,तन्दुरुस्ती परीक्षा आजदेखि

५०२ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ९, आईतबार (३ साल अघि)
धादिङमा म्यादी प्रहरीका लागि २६ सयको आवेदन,तन्दुरुस्ती परीक्षा आजदेखि

धादिङ,०९ असोज ।
म्यादी प्रहरीका लागि धादिङमा २६ सय बढिको आवेदन परेको छ । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटाउनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्दै छ । धादिङमा दुई हजार ६०९ जनाले आवेदन दिएका हुन्।

भदौ ३० गतेदेखी असोज ६ गते आठ दिनको अवधीमा १ हजार ७१७ पुरुष र ८९२ महिला गरी जम्मा दुई हजार ६०९ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता(डिएसपी) श्याम बहादुर खत्रिले जानकारी दिनुभयो ।

धादिङको लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको कोटा भने नखुलाएको तर १५ सय देखी १७ सयको हाराहारी छनोट गरिने डिएसपी खत्रिले बताउनुभयो । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ४१५ म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तहको निर्वाचनमा छनोट भएका ९ सयजनाले अहिले पनि आवेदन दिएको डिएसपी खत्रिले बताउनुभयो ।

म्यादीका लागि आवेदन दिएकाको शारीरिक तन्दुरुस्ती परीक्षा आज आइतबार देखि सुरु भएको छ । परीक्षा धादिङबेशी स्थित खुल्ला चौरमा हुने प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व सुरक्षाकर्मी र स्थानीय तहको निर्वाचनका म्यादी प्रहरीले भने तन्दुरुस्ती परीक्षा दिनु नपर्ने कार्यालयले जनाएको छ । उनीहरुको हकमा उही असोज १४ गते अन्र्तवार्ता हुने बताइएको छ ।

अन्यको हकमा आजदेखी सुरु भएको प्रारम्भिक स्वास्थ्य परिक्षण, वेयरिङ चेक र शारीरिक तन्दुरुस्तीको नतिजा १२ गते प्रकाशन गरिने, १२ गते लिखित परिक्षा लिईने र १४ गते अन्र्तवार्ता हुने बताइएको छ । शारिरीक अभ्यास, लिखित परीक्षा र अन्तरवार्ता लगायतमा पास भई निर्धारित मापदण्ड पुरा गरेका आवेदकलाई म्यादी प्रहरीमा छनौट गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता(डिएसपी) खत्रिले बताउनुभएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्दै छ । आवेदन दिएकालाई छनौट गर्ने काम असोज ९ गतेदेखि १४ गतेसम्म हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

छनौटको अन्तिम नतिजा असोज २५ गते प्रकाशित गर्ने कार्यतालिका छ । म्यादीका लागि छनौटमा भएकालाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ । म्यादी प्रहरीलाई निर्वाचनमा ४० दिन खटाइने छ ।

म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामान खरिद गर्न छ हजार, तयारी खर्च बापत एक हजार र प्रतिदिन ३०० रुपैयाँका दरले ४ दिनको एक हजार २०० रुपैयाँ खाजा खर्च गरी जम्मा ५० हजार १६० रुपैयाँ पाउने छन् ।

No photo description available.

No photo description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

    तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

  • आजदेखि  नेपाल संवत् ११४६  प्रारम्भ,झिगु नेवा समाज धादिङले र्‍याली सहित शुभकामना आदान प्रदान गर्दै

    आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ,झिगु नेवा समाज धादिङले र्‍याली सहित शुभकामना आदान प्रदान गर्दै

  • धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

    धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

  • यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

  • समाचार
    तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

    तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

    आजदेखि  नेपाल संवत् ११४६  प्रारम्भ,झिगु नेवा समाज धादिङले र्‍याली सहित शुभकामना आदान प्रदान गर्दै

    आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ,झिगु नेवा समाज धादिङले र्‍याली सहित शुभकामना आदान प्रदान गर्दै

    धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

    धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

    यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0