Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ २५, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

नयाँको औचित्य पुष्टि होला ?

३५१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ९, आईतबार (२ साल अघि)
Post Thumbnail

धादिङ,०९ असोज।
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा धेरै राजनीतिक दलहरुले आ आफुले राजनीतिक उचाइ चुम्ने अपेक्षा गरिरहेको बेला फिल्ड स्तरमा भने त्यस्तो हुनसक्नु अड्कलबाजी गर्न थालिएको छ ।

राजनीतिक दलप्रतिको निराशाका कारण यतिवेला गाउँ टोल सम्मका युवाहरु आगामी निर्वाचनमा पख् भन्ने खालको अभिव्यक्ति दिँदै हिडिरहेका छन् । यसअघिको निर्वाचनमा सबैभन्दा ठूलो दल नेकपा भित्रको एमाले, माओवादी, नेपाली काँग्रेस लगायतका दलहरुको मत संख्या सुरक्षित गर्न निकै अफ्ठ्यारो पर्ने देखिन्छ किनभने राजनीतिक दलहरुको नेतृत्व गरे जो जो नेतृत्वमा पुगेका छन् उनीहरुले देशको कायापलट गर्नेगरी खासै धेरै परिवर्तन देखाउन सकेका छैनन् ।

संघ, प्रदेश र स्थानीय तीन तहको नेतृत्व गरिरहेकाहरु निरन्तर विकासका कामहरुमा दिनरात भनेर हिडिरहेका छन् तर प्रभावकारी रिजल्ट आइरहेको छैन । सिमित स्थानीय तहका नेतृत्वबाट केही सकारात्मक कामका अभ्यासहरु भैरहेको भए पनि धेरैजसो जनप्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसारको काम गर्न सकेका छैनन् ।

हुनतः निर्वाचनको समयमा राजनीतिक पार्टीको तर्फबाट निर्वाचनका लागि जस्ता जस्तालाई टिकट दिए पनि पछि पछि लाग्ने बानी हामीहरुको छ । राजनीतिक चेतना, काममा सृजनशिलता तथा व्यवहारमा प्रतिवद्धतादेखि आर्थिक पारदर्शिता कुन उम्मेदवारको रोजाई वा प्राथमिकतामा छ भन्ने कुरालाई हामीले मुल्याँकन गर्ने गरेका छैनौं जसका कारण लहडको भरमा कतिपय उम्मेदवारहरुले सजिलै विजय प्राप्त गरिरहेका छन्। त्यसकारण पनि जनताले आफ्नो दैनिक जिवनमा प्राप्त गर्नुपर्ने उपलव्धीहरु सरकारको तर्फबाट पाउन सकेका छैनन् ।

अहिले जतिपनि युवाहरु हाम्रोमा केही भएन भनेर कराइरहेका छन् त्यो कसका कारण नभएको ? हुनुपर्ने के के थियो ? त्यो कसरी बनाउन सकिन्छ ? सहभागिता कस कसको चाहिन्छ ? यि र यस्ता कुरामा भने युवाहरुले बहस गरिरहेका छैनन, बस हामीकहाँ केही भएन जस्ता कुरालाई मात्र प्राथमिकता दिएर मात्रै हुँदैन, त्यो खालको मानसिकता भएका प्रतिनिधि को हुन सक्छन् ? त्यसको पूर्व मूल्याँकन गर्न जरुरी हुन्थ्यो ।

अवको संघ र प्रदेश सरकारको निर्वाचनमा साँघुरो सोंच राख्ने र अहिलेसम्मको अवस्थामा कस कसले विकास र नागरिकको जिवनमा अनुभूत गर्नेगरी नीतिगत काममा भूमीका खेले उनीहरुलाई मात्रै जिताउने प्रतिवद्धता जनाउनु जरुरी हुन्छ । अहिले नयाँ नयाँ काम गर्ने पुराना राजनीतिक दलहरुलाई हराउने नयाँ अनुहारको खोजी गर्ने अभियानमा लागेका युवाहरु निर्वाचनको बेला एउटा एउटा पार्टीको पछि लाग्न थाले भने हाम्रो हालत के होला ? केही उदाहरणहरु देखिसकेका छन् ।

लामो समयसम्म अरुलाई गाली गर्ने र महत्वपूर्ण भूमीकामा रहनुपर्ने दिन पार्टी नै प्रवेश गर्ने वा केही सिमित स्वार्थ लिएर एउटालाई सहयोग गर्ने जस्तो कुरा आफैंलाई आत्मघाती निर्णय बन्न सक्छ यसर्थ निर्वाचन नजिकिदै गैरहेको यो अवस्थामा राजनीतिक चेतनालाई आत्मसाथ गर्दै नयाँ खालको राजनीतिक तथा सामाजिक परिवर्तन रोज्नेगरि अभियानमा जुट्दा मात्रै सबैको हित हुन्छ । अन्यथा पुराना र नयाँ भन्नेहरुको विचमा केही फरक देखिदैन, नयाँमा लाग्नुको औचित्य पनि पुष्टि हुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • चिल्ड्रेनपार्क मा. विमा हिज्जे प्रतियोगिता तथा बाल क्लब गठन

    चिल्ड्रेनपार्क मा. विमा हिज्जे प्रतियोगिता तथा बाल क्लब गठन

  • नीलकण्ठ नगरपालिकामा करियर परामर्श तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

    नीलकण्ठ नगरपालिकामा करियर परामर्श तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

  • न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

  • न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

  • समाचार
    चिल्ड्रेनपार्क मा. विमा हिज्जे प्रतियोगिता तथा बाल क्लब गठन

    चिल्ड्रेनपार्क मा. विमा हिज्जे प्रतियोगिता तथा बाल क्लब गठन

    नीलकण्ठ नगरपालिकामा करियर परामर्श तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

    नीलकण्ठ नगरपालिकामा करियर परामर्श तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

    न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0