Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक ५, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वासअन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • निरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापनानिरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना

धादिङमा डेङ्गु संक्रमितको सङ्ख्या पाँचसय नजिक : संक्रमणबाट देशभर २९ को मृत्यु

५४१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ८, शनिबार (३ साल अघि)
धादिङमा डेङ्गु संक्रमितको सङ्ख्या पाँचसय नजिक : संक्रमणबाट देशभर २९ को मृत्यु

धादिङ,०८ असोज ।
धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । डेङ्गु संक्रमितको सङ्ख्या पाँच सय नजिक पुगेको छ । गत साउन १ देखी आज शनिबारसम्मको विवरण अनुसार जिल्लाका २८६ जना पुरुष र २१२ महिला गरी कुल ४९८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।

धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा २५०, गजुरीमा ५६ र त्रिपुरासुन्दरीमा ३० जनामा डेंगु संक्रमण पुष्टि भएको छत्कुलीले बताउनुभयो । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन ।

उहाँका अनुसार गल्छीका २३, धुनिबेशीका २२, ज्वालामुखीका १०, थाक्रेका ८, नेत्रावती डवजोङका ५, सिद्धलेकका ५, बेनिघाट रोराङका ४,  रुवीभ्यालीका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ७८ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको छत्कुलीले बताउनुभयो ।

संक्रमितमध्ये केही बिरामी अस्पताल भर्ना भइरहेका छन् भने सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा रहेका छन् ।संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् । डेंगु रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीको भनाई छ ।

प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीले आग्रह गर्नुभएको छ । नेपालमा डेङ्गीको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । देशका ७६ जिल्लामा फैलिएको डेङ्गीबाट २२ हजार नौ सय ८८ जना संक्रमित भएका छन् ।

डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु :

१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

    तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

  • आजदेखि  नेपाल संवत् ११४६  प्रारम्भ,झिगु नेवा समाज धादिङले र्‍याली सहित शुभकामना आदान प्रदान गर्दै

    आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ,झिगु नेवा समाज धादिङले र्‍याली सहित शुभकामना आदान प्रदान गर्दै

  • धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

    धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

  • यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

  • समाचार
    तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

    तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

    आजदेखि  नेपाल संवत् ११४६  प्रारम्भ,झिगु नेवा समाज धादिङले र्‍याली सहित शुभकामना आदान प्रदान गर्दै

    आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ,झिगु नेवा समाज धादिङले र्‍याली सहित शुभकामना आदान प्रदान गर्दै

    धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

    धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

    यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0